सरकारविरुद्ध नेविसंघको मसाल जुलुस 



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ। भारत तथा अन्य मुलुकबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी नेपाल भित्र्याउन मन्त्रिपरिषद बैठकले गरेको निर्णयविरुद्ध बिहीवार साँझ मसाल जुलस निकालेको हो।

मसाल जुलुसमा सहभागीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। नेविसंघका पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा ओम अस्पताल अगाडिबाट निस्किएको मसाल जुलुस चाबहिल चोकसम्म पुगेको थियो। उपत्यकाका ११ स्थानमा आज मसाल जुलस निकालेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्