निरन्तर परिरहेको पानीले जनकपुरधाम जलमग्न 



जनकपुरधाम : गएरातिदेखि निरन्तर परिरहेको पानीले जनकपुरधाम जलमग्न भएको छ। सरकारी कार्यालयहरुमा पानी जमेका कारण कार्यलय संचालनमा समस्या देखिएको छ।

साथै सवारी साधन र सर्वसाधारणहरुलाई आवतजावतमा समस्या भएको स्थानीयको गुनासो रहेको छ। जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण वर्षाको  पानी निकास हुन नसक्दा जनकपुरको बजार क्षेत्र जलमग्न भएको हो।

प्रतिक्रिया दिनुहोस्