यसकारण यी अभिनेत्रीको चर्चा बढी हुन्छ…



काठमाडाैं : रंगीन दुनियाँमा रमाउने रहर जो कोहीको हुन्छ। चर्चामा आउन उनीहरुले अनेक फण्डा अपनाइरहेका हुन्छन्। कतिपयले त कपडा खोल्नुलाई नै प्रमुख अस्त्र बनाउँछन्। हलिउड र बलिउडमा त यसलाई सामान्य रुपमा समेत लिइन्छ।

हलिउड अभिनेत्री एरियल विन्टरका सार्वजनिक केही तस्वीर अहिले भाइरल बनेका छन्। एरियलले बेष्ट अफ कमिकबुकलाई तस्वीर दिएपछि उनको चर्चा बढेको हो।

२१ वर्षीया यी अभिनेत्री सुन्दर छन्। जिउडाल पनि उस्तै मिलेको। अभिनयमा पनि पोख्त छन्। तर उनको काम भन्दा बढी सुन्दरता र शारीरिक वनावटको बढी चर्चा हुन्छ। उनको अभिनय रहेका प्रायः चलचित्र हिट छन्।

तर पछिल्लो समय उनी चलचित्रमा नदेखिए पनि चर्चामा छिन्। चर्चामा हुनुको पछाडि उनका यीनै तस्वीर हुन्।  अमेरिकाको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल मोडेलिङहुँदै चलचित्रमा छाएकी हुन्।

 

 

प्रतिक्रिया दिनुहोस्