कैलालीमा ब्राउनसुगरसहित दुईजना पक्राउ



 

कैलाली :  लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले मंगलबार साँझ धनगढी उपमहानगरपालिका ३ बाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा कञ्चनपुरको पुनर्वास नगरपालिका(११) बस्ने बिसन लामा र धनगढी उपमहानगरपालिका(३) का इन्द्रबहादुर गुरुङ्गलाई ५ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर वलीले जानकारी दिए ।

 

शंकापद अवस्थामा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा गतिविधिमाथि शंका लागेपछि चेकजाँच गर्दा ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रण्मा लिएको डीएसपी वलीले जानकारी दिए ।

 

पक्राउ परेकाहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्