पेट्रोलियम पदार्थकाे कालाेबजारी गर्नेविरुद्ध कडा कारवाही गर्छाैं : उद्याेगमन्त्री मातृका यादव



काठमाडाैं : पेट्रोलियम पदार्थमा हाल देखिएको कृत्रिम अभाव तथा समस्यालाई लिएर नेकपा नेता तथा उद्योगमन्त्री मातृका यादवले फेसबुकमार्फत कडा प्रतिक्रिया दिएका छन् ।

 

उनले भनेका छन् – हिजोको जस्तो सरकार निरीह बस्नेवाला छैन । जनतालाई अतिआवश्यक पेट्रोलियम पदार्थ ढुवानीमा असहयोग गर्नेहरुविरुद्ध हामी कडा भएर उत्रिएका छौं ।

 

साथै उनले ढुवानीका निम्ति अतिरिक्त चालक व्यवस्था गरी वायुसेवा निगमको उडान चार्टर गरी पेट्रोलियम पदार्थ पठाइएको जानकारी दिएका छन् । 

उनले मनोमानी गरी जनतामा पेट्रोलियम पदार्थको हाहाकार मच्चाउनेहरुलाई घुँडा टेकाउने बताए । त्यसरी कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध कारबाही गरिने पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस्