सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्कियो, अनामनगर सडक क्षेत्र अवरुद्ध 



काठमाडौं । लगातार परेको वर्षाका कारण कतै बस्ती डुबानमा परेका छन् । कतै पहिरो गएको छ । कति ठाउँमा मानिसले ज्यान पनि गुमाइसकेका छन् । मानिसहरु विस्तापित भएका छन् ।

काठमाडौं लगायतका देशका विभिन्न ठाँउमा अविरल वर्षा भइरहेको छ । जसका कारण देशका विभिन्न भागमा बाढि तथा पहिरोको प्रकोप देखिएको छ । 

यस्तै वर्षाका कारण सिंहदरबारको पर्खाल पनि भत्केको छ ।

सिहंदरबारको पूर्वीगेट बाजेको सेकुवा नजिकको पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्