कमल थापा र डा.लोहनीबीच एकताबारे छलफल



 

काठमाडौ :  तिहार लगत्तै तीनवटै राप्रपा एकीकरणको प्रयास स्वरुप बुधबार राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीबीच पार्टी एकताबारे छलफल भएको छ ।

 

समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीतिअनुसार राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) तीनवटै दलका बीच बलियो राष्ट्रवादी शक्ति निर्माणका लागि एकता गर्ने सन्दर्भमा दुई नेताबीच छलफल भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

 

प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार पार्टी एकताका लागि आज भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको छ ।

 

पार्टी एकताको लागि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा(प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराबीच हिजो बिहान वार्ता भएको थियो । एकता प्रक्रियालाई टुंगोमा पुर्याउन दुवै दलसँग वार्ता जारी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्