भोजपुरमा पहिरोले पुरिएर दुई जनाको मृत्यु



भोजपुर : भोजपुरमा वर्षाका कारण घर भत्किँदा र चर्पी बगाउँदा दुई जनाको मृत्यु गएको छ। रामप्रसाद राई गाउँपालिका(७ बासिखोराका ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका १४ वर्षीय जनक विकको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ।

घरको पिँढीमा सुतिरहेका अवस्थामा ६६ वर्षीय जगतबहादुर राईको फुसको छानोले बनेको एक तले घरको चुली गाह्रो भत्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए। यस्तै लेखर्कका विकको पनि चर्पीमा बस्दाबस्दै पहिरोले चर्पी नै बगाएपछि मृत्यु भएको हो। 

 

प्रतिक्रिया दिनुहोस्