पसलमा आगलागी



 

सुनसरी :   इटहरी ६ स्थित धरान रोडमा रहेको एक पसलमा आगलागी भएको छ।

 

दिउँसो साढे एकबजे लागेको आगो नियन्त्रणका लागी सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको बिराटनगर, सुन्दरहरैचाको दमकल पुगेका छन्। प्रहरीका अनुसार सामसुङ सो रुम रहेको घरमा लागेको आगलागीको कारण खुल्न सकेको छैन।

 

आगो नियन्त्रणको लागी प्रहरी र ठूलो संख्यामा नगरबासीहरू पनि लागेका छन्। आगलागी नियन्त्रणको प्रयास जारी रहेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिब श्रेष्ठले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस्