मोदीको जनकपुर भ्रमण रद्द, गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी आउने



 

जनकपुरधाम :  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर नआउने भएसँगै भारतका गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएका छन् ।

 

जनकपुरमा मनाइने रामजानकी महोत्सवमा सहभागी हुन सिंह र योगी नेपाल आउन लागकेका हुन् । रामजानकी महोत्सव भारतमा पनि भव्यताका साथ मनाइन्छ । सोही कार्यक्रममा सहभागी हुन विवाह पञ्चमीमा सहभागी हुन सिंह र योगी कात्तिक २६ गते नेपाल आउन लागेको बताइएको छ ।

 

भारतको आन्तरिक राजनीतिमा देखिएको संवेदनशिलता र नोभेम्बरमा हुन लागेको पाँच राज्यको चुनावका कारण प्रधानमन्त्री मोदीको नेपाल भ्रमण स्थगित भएको हो। मोदी पाँचौ पटक नेपाल आउन लागेका थिए । तर उक्त कार्यक्रम नजिकिँदो निर्वाचनसँगै विवादहरू पनि देखिन थालेकाले आउन नसकेका हुन् ।

 

उनको सट्टामा भारतबाट सिंह र योगी नेपाल आउन लागेका हुन् । मोदी चुनाव प्रचारमा व्यस्त भएकाले नेपाल भ्रमण रद्द गरिएको बताइएको छ । नेपालको परराष्ट्र मन्त्रालयले औपचारिक निम्तोको जवाफ भने भारतको विदेश मन्त्रालयले दिएको छैन । मोदी भ्रमण रद्द हुनुमा उनी नेपालप्रति असन्तुष्ट रहेको रूपमा पनि बुझिएको छ ।

 

बिम्स्टेक सदस्य राष्ट्रको भारतमा हुन लागेको सैनिक अभ्यासमा अन्तिम समयमा नेपालले सेना नपठाएपछि मोदी असन्तुष्ट रहेको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्