सिद्धबाबा सडकखण्डमा पहिरो, पहिरोसँगै बगेका मोटरसाइकल चालक भीरमा अड्किए



पाल्पा : पाल्पाको सिद्धबाबामा पहिरोसँगै खसेर एक युवक भीरमा अडिकएका छन्। पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै यात्रा गर्दैगर्दा पहिरो झरेपछि मोटरसाइकल तिनाउ नदी किनारमा खसेको छ।

पहिरोमा परेका उनलाई ढुंगाले च्यापेको अवस्थामा देखिएपनि पहिरो झरिरहेको र नदीमा बाढी आएकाले प्रहरीले उद्धार गर्न सकेको छैन। पहिरोका कारण बुटवल–पाल्पा खण्ड अवरुद्ध छ।

 

प्रतिक्रिया दिनुहोस्