चुनावी तालमेल गर्ने–नगर्ने अधिकार स्थानीय कमिटीलाई छ : गगन थापा



काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने-नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको उल्लेख गरेका छन् । बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको बताएका हुन् ।

पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिंदै उनले भने, ‘पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन । स्थानीय तहको साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन ।’

गठबन्धनको केन्द्रीय संयन्त्रले स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको भन्दै उनले यसको अधिकार तल्लो कमिटीलाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस्