उदयपुरमा बैद्यनाथ खोला थुनियो, सयौं घर जोखिममा (फोटो)



उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेसी मुनि धप्पर तिनटाटने डाँडा खसेर बैद्यनाथ खोला थुनिदा आधा दर्जन बस्ती उच्च जोमिमा परेको छ। मध्यान्न २ बजेतिर खसेको पहिरोले गर्दा बैद्यनाथ खोला पुरै थुनिदा खोलाको माथिल्लो भाग र तल्लो क्षेत्रमा खतरा बढेको छ।

खोला थुनिको तल्लो क्षेत्रमा पर्ने सोमवारे, गोहिया, बक्पति, रिक्कु उच्च जोखिममा परेको छ। माथिबाट पहिरो जादा पहाड खसेर बैद्यनाथ खोला थुनिएकोले उदयपुरको नेपालटार बजार डुबानमा पर्ने खतरा बढेको छ।

उद्धारका लागि जिल्ला सुरक्षा समितिको आपत्कालिन बैठक बसि बिस्फोटक पदार्थ सहितको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको विषेश टोली त्यस तर्फ परिचालन गरिएको प्रजिअ खड्काले बताए। पहिरो नहटाए दनुवारबेसीका ८० घर परिवार र नेपालटार बजारको ६ सय घर परिवार डुबानमा पर्ने खतरा बढेको जनाएको छ।

यसैगरी त्रियुगा नदिको बाढीले तटबाँध बगाएपछि बेलका नगरपालिका– १ को आम्बासी खयरवन गाउँका करिब दुई हजार पाँच सय घरहरु डुबानमा परेको छ। त्यहाबाट अहिले सम्म दुई सय ५० परिवारलाई उद्धार गरीएको बाँकीलाई उद्धार कार्य जारी रहेको प्रजिअ खड्काले बताए। 

 

 

प्रतिक्रिया दिनुहोस्