विश्वलाई चिनाउने १० नेपाली खाना, जसको स्वाद कसैले बिर्सिदैन्



तपाई हामीहरुले खाजाको रुपमा खानाको रुपमा वा फुर्सदको रुपमा खाइरहेका कतिपय खानेकुराहरुको स्वादले विश्वलाई नै लोभ्याइरहेको हुन्छ । आज हामी त्यस्तै खानेकुराको बारेका तपाईलाई बताउँदै छौँ जुन खानाहरु विश्वका धेरै मानिसहरुमाझ अविस्मरणीय स्वाद बनेको छ भन्दा फरक पर्दैन् । 

१) ढिडो 

नेपाली खानाको कुरा गर्दा कुनै समय ग्रामिण क्षेत्रको अनिवार्य खानाको रुपमा रहेको र अहिले शहरी क्षेत्रमा नवसम्भ्रान्त वर्ग कहिल्याउनेहरुले खाने गरेको खाना हो ढिडो । पहाडदेखि उच्च पहाडि क्षेत्रका बासिन्दाहरुको मुख्य खानाको रुपका ढिडो नै थियो । मकै,कोदो,फापर लगायत अन्य अन्नको पिठोलाई तातो पानीमा हाल्दै चलाएर पकाउने यो परिकार अहिले काठमाडौंको हुनेखाने वर्गमाझ पनि निकै लोकप्रिय बनेको छ । पोखरा,काठमाडौं पर्यटकिय हबको रुपमा बिकास भएपछि ढिडोले पनि अन्तराष्टिय रुपमा लोकप्रियता पायो । त्यसैले ढिडोको कुरा गर्दा धेरैको मनमा अझैपनि कोदो,फापर, र मकैको गिलो डल्लोलाई मासुको झोलसँग खाएको याद आउँछ । 

२) राँगाको परिकार

राँगाको मासुको परिकार अन्तराष्ट्रियकरण गर्ने काम काठमाडौं उपत्यकाका नेवार समूदायले गरेका हुन् । यसमा कसैको दुई मत नै छैन् । राँगालाई नेवार समुदायले खानाको रुपमाभन्दा पनि पूजाको रुपमा प्रयोग गर्थे पछि बल्ल स्वादिलो परिकारका रुपमा खान थाले । एक अनुमान अनुसार नेवार समुदायले एउटा राँगाको २०० किसिमको परिकार बनाउन सक्छन् । 

काठमाडौं घुम्न आएका पर्यटक जसले राँगाको सेकुवा, छोइला, कचेला इत्यादि बढि चाखेका छन् ।

३) मम

मम अहिले नेपालीहरुको सर्वाधिक प्रिय खाजाको रुपमा रहेको छ । नेपालमा मम तिब्बतबाट आयातित भएको खानाको परिकारका रुपमा रहेपनि नेपालीहरुले ममलाई रुचाएको देख्दा नेपालमा मम पाइने स्थानहरु हेर्ने हो भने मम अहिले नेपालकै परिकारका रुपमा रहेको छ । व्यापारका सिलसिलामा तिब्बत गएका काठमाडौंमा व्यापारीहरुले मम लाई नेपाल ल्याएका हुन् । सस्तोदेखि महंगोसम्म र शाकाहारीदेखि मांशाहारी सबै किसिमको मम पाइन्छ । ममको लोकप्रियताले गर्दा नेपाल आएका अधिकांश पर्यटकहरुले यो परिकार एक पटक खाएकै हुन्छन् । जुन उनीहरुले कहिल्लै नभुल्ने स्वादका रुपमा गढेर बसेको पाइन्छ । 

४) गुन्द्रुक र मुलाको सिन्की 

गरिबको दाल र तरकारीका रुपमा रहेको गुन्द्रुक अहिले धनाड्यहरुको भान्साको शानका रुपमा रहेको छ । गुन्द्रुकको प्रचलन नेपालको सिन्जा उपत्यकामा बसोबास गर्ने खस जातीको प्रिय खानाको रुपमा रहेको थियो । उनीहरुले नै यो खानालाई नेपालमा मात्र नभएर विश्वमै लोकप्रिय बनाउन सफल भए । उनीहरुले बनाएको मुलाको सिन्की र मुलाको पातको गुन्द्रुक अहिले शहरका अधिकांश होटलहरुमा पाइन्छ । यो परिकार पहिलो पटक खाएका जो कोहिले पनि दोस्रो पटक यसको स्वाद चाख्ने दाउमा रहेका हुनछन्। अझ पछिल्लो पटक खुलेका अचार कम्पनिहरुले गुन्द्रुक र मुलाको सिन्कीलाई ब्रानिडङ गर्न थालेपछि यो परिकार अन्तराष्ट्रिय डिपार्टमेन्टल स्टोरहरुमा पनि सजिन थालेको छ ।

५) लाखामरी

नेपालमा पाइने केहि गुलिया प्रकारुहरु पनि रहेका छन् । जसको ख्याती अन्तराष्ट्रिय क्षेत्रमा पनि उत्तिकै छ । काठमाडौंका नेवार समुदायबीच लोकप्रिय गुलियो परिकार हो लाखामरी । लाखामरीको निर्माण कलात्मक र लामो समयसम्म राखेर खान सकिने हुनाले यो चैँ पक्कै पनि नेपालको मुख्य गुलियो परिकारका रुपमा रहेको छ भन्न सकिन्छ । अहिले विदेशमा बस्ने नेपालीहरुले लाखामरीलाई विदेशीहरुको जिब्रोमा स्वाद गढाउन सफल भएका छन् ।

६) छ्याङ

नेपालका विभिन्न जातजातीमा छ्याङ धार्मिक कार्यदेखि पाहुनाको सत्कारमा नभइ नहुने पेय पदार्थको रुपमा रहेको छ ।  कतिपय जातीहरुमा बिहे छिन्दा छ्याङ भएनभने अपमान गरेको समेत ठहरिन्छ । जातीगत विशेषमा विशेष महिमा रहेको छ्याङलाई नेवार समुदायले नै अन्तराष्ट्रियकरण गर्न सफल भए । 

७) छोयला

नेपाली परिकारहरु मध्ये धेरै अन्तराष्ट्रियकरण भएको र धेरैको स्वादमा गडेको परिकार नेवारी नै रहेको छ । नेवारी परिकारमा धेरै किसिमको विविधता भएको कारणले पनि यो परिकार धेरैको जिब्रोमा गडेको देखिन्छ । छोयलाको नाम सुन्ने बित्तिकै धेरैको मुख रसाएर आउँछ । राँगाको मासु नखाने धेरैले पनि छोयला खाएरै राँगाको मासु खान थालेको पाइन्छ । 

८) चटामरी, बारा र वो

नेवारी समुदायले खाजाको रुपमा खाने चटामरी, बारा र वोलाई पनि अन्तराष्ट्रिय स्वादकै परिकारका रुपमा लिइन्छ । चटामरी, बारा र वो बनाउने प्रक्रिया एउटै किसिमको भएपनि पाक्ने परिकार भने फरक हुने गर्छ । चामलको पिठोको घोललाई पातलो गरेर रोटिको आकारमा फलामको तावामा चटामरीलाई पकाइन्छ । यसमा स्वाद अनुसार किमा गरेको राँगाको मासु, हरियो खानेकुराहरु माथिबाट हालिन्छ । धेरै विदेशीहरु यो परिकारलाई इटालियन खाना पिज्जासंग तुलना गर्छन् भने कतिपयले यसलाई नेपाली पिज्जा पनि भन्छन् । त्यसैगरी मासको दाललाई पिनेर बनाइने अर्को परिकार बारा र वो यसलाई पनि तावामा रोटिकै आकारमा बनाइन्छ र स्वाद अनुसार राँगाको मासुको किमा र अण्डा हालिन्छ । यो परिकारले पनि अन्तराष्ट्रिय स्वादका पारखिहरुलाई मोहित बनाएको छ । 

९) जुजु धौँ

भक्तपुरमा मात्र बन्ने यो दहि जसलाई स्थानीय भाषामा जुजु धौँ भनिन्छ । यसको ख्याती नेपालमा मात्र नभएर विदेशमासमेत हुने गरेको छ । खाना खाइसकेपछि खाने गरेको दहि अहिले विदेशीहरुको डेजर्टका रुपमा रहेको छ । बनेको छोटो समयमै प्रयोग गर्नुपर्ने स्वादको रुपमा रहेको जुजु धौँ, भएसम्म सबैको पहिलो प्राथमिकताको दहिको रुपमा रहेको छ । 

१०) जिम्बु 

हिमाली भेगमा पाइने जिम्बु जडिबुटिको रुपमा रहेपनि यसले खानाको स्वादमा व्यापक परिवर्तन गर्ने क्षमता राख्छ । त्यसैले जिम्बुलाई परिकारका रुपमा भन्दापनि मसलाको रुपमा प्रयोग गरिँदै आएको छ । यसले सबै खानाको स्वादलाई बढाउने क्षमता भने राख्दैन् केहि खानामा यसको प्रयोग गरेमा त्यसले खानाको स्वादलाई नै अविस्मरणीय बनाउँछ । हिमाली भेगमा पाइने एककिसिमको घाँसलाई सुकाएर जिम्बु तयार गरिन्छ । यसलाई दालमा हालेर झान्दा अविष्मरणीय स्वाद बनाउँछ । 

प्रतिक्रिया दिनुहोस्