बाढी पहिराेका कारण मकवानपुरका विद्यालयहरू ३ दिन बन्द



मकवानपुर : भिमफेदी गाउँपालिका र हेटौंडा–५ का सम्पूर्ण विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ। भिमफेदी गाउँपालिकाभरिका विद्यालयहरू आइतबारदेखि मंगलबारसम्मका लागि बिदा दिइएको फिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए।

लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै वडाका विद्यालय र हेटौंडा–५ का सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गरिएको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्