पहिरोले थुनिएको बैद्यनाथ खोला फुट्यो



उदयपुर :  उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज बिहान फुटेको छ ।

शनिबार दिउँसो तीनटाट्नेको पाखाबाट खसेको पहिरोले बैद्यनाथ खोला थुनिएपछि खोलाको बहाव बढ्दै गएर ताल बन्दै गइरहेको बेला आज बिहान उक्त ताल आफै फुटेको र अहिले तीनटाट्ने, गोटिया, बकपती, सोमबारे र कटारीको रिस्कु क्षेत्रका स्थान खोलाको डुबानको कारण स्थानीयवासीलाई अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्