देउसीभैलोमार्फत सडक अनुशासन सिकाउँदै ट्राफिक प्रहरी



काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ । 

महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ’, ‘जेब्रा क्रसिङबाट बाटो काटौँ’लगायत ट्राफिक जनचेतनामूलक गीत समावेश गरेर देउसीभैलोको आयोजना गरेको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आमजनतालाई ट्राफिक अनुशासन सिकाउन देउसीभैलो कार्यक्रमको आयोजना गरेको जानकारी दिए । “उपत्यकामा सवारी साधनको मात्रा बढ्दै गएको र सडक सभ्यता कायम गर्न मद्दत पुर्‍याउने उदेश्यले देउसीभैलो कार्यक्रम आयोजना गरेका हौँ,”–उनले भने ।  

विगतका वर्षमा अडियोमार्फत एफएमबाट गीत प्रशारण गर्दै आएको महाशाखाले यसवर्ष भिडियोमार्फत पनि देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो । महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्