प्रदेश सरकारले मृतक परिवारलाई २ लाख दिने



विराटनगर : प्रदेश १ सरकारले बाढी र पहिरोमा परेर ज्यान गुमाएकाहरुको परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले मृतक परिवारलाई राहत स्वरुप प्रदेश सरकारले २ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

मन्त्रिपरिषदको निर्णयका विषयमा जानकारी दिदै सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ सरकारले राहत र उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको बताए। प्रदेश सरकारले घाइतेको ५० हजार रुपैयाँसम्मको उपचार खर्च ब्योहोर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्