करेन्ट लागेर एकको मृत्यु



 

दाङ :  दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका ३ मसुरियाका २० वर्षीय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

 

ईलाका प्रहरी कार्यालय भालुवाङका अनुसार गोर्वद्धन पूजामा बाँधिने तोरनका लागि आवश्यक पर्ने बाँस काट्ने क्रममा हाइटेनशन तारले छुँदा चौधरीलाई करेन्ट लागेको थियो। यता अटोरिक्सामा सवार महिलाको ५ रुपैयाँ खेसेर पैसा टिप्न रिक्साबाट कुद्दा गम्भीर घाइते भएकी छन् ।

 

पश्चिम राजमार्ग अर्जुनखोला पुल नजिकै रा १ ह १७९८ नम्बरको अटोरिक्सामा सवार ती महिलाको हातबाट ५ रुपैयाँ खसेपछि पैसा टिप्न हाम फाल्दा गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको हो । घाइते महिलाको टाउकोमा चोट लागेको छ ।

 

घाइते महिलाको उपचार लमहीको फलोरेन्स् अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त महिलाको विवरण खुलाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्