कुलेखानीको ड्याम खोल्ने तयारी, चार जिल्ला बासीलाई सतर्क रहन आग्रह



मकवानपुर : लगातार परेको अविरल वर्षाका कारण अहिले देशभरको हालत अस्त व्यस्त छ । कयौँले ज्यान गुमाइसकेका छन् भने कयौँ परिवार घरबारविहिन भएका छन्भने धेरै बेपत्त भइसकेका छन् । 

यसैबिच मकवानपुरको कुलेखानी ड्याममा क्षमताभन्दा बढी पानी जमेपछि ड्याम खोलेर पानी छाडिने भएको छ । कुलेखानी ड्याम भरिएर खतराको संकेत देखिएपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने भएको हो । 

Related image

कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाले आग्रह गरेका  छन् । 

कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । ड्याम आज खोलिदैँ छ ।

प्रतिक्रिया दिनुहोस्