नगरपालिका जान मानेनन् शिक्षाका उपसचिव



काठमाडौं : शिक्षा मन्त्रालयबाट नगरपालिकारूमा खटाइएका उपसचिव कार्यकक्षमा जान मानेका छैनन् । दशैँअघि १६६ उपसचिवको सरुवा भएको थियो । मन्त्रालयका अनुसार नगरपालिकाको शिक्षा शाखा प्रमुखमा सरुवा गरिएका उपसचिवले रमाना लिएर जान चासो नदेखाएका हुन् ।

सरुवा गरिएकामध्ये केहीले मात्रै नगरपालिकामा जाने इच्छा देखाएका छन् । कुनै मापदण्ड तय नगरी जथाभावी सरुवा गरिएको भन्दै उनीहरूसहित कर्मचारी संघ संगठनले असन्तुष्टि जनाएका छन् ।

उनीहरूले शिक्षामन्त्री र सचिवलाई भेटेर सरुवाको निर्णय सच्याउन दबाब दिएका छन् । सरुवा भएको ठाउँमा जिम्मेवारी सम्हाल्न नजानेको संख्या बढी देखिएको एक सहसचिवले जनाए ।

खटाएको ठाउँमा नगएर उनीहरू साबिकको कार्यालयमा हाजिर भएर बसेका हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्