images

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई राम्रो र के गर्नु हुँदैन् ?

द नेपालटप | प्रकाशित: २०७६-३-३१ गते
आज खण्डग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई राम्रो र के गर्नु हुँदैन् ?

काठमाडौं : आज (मंगलबार) खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  मध्यरातमा शुरु हुने ग्रहण ३ घन्टा भन्दा बढीको हुनेछ भने बुधवार विहान मात्रै अन्त्य हुनेछ ।

मंगलबार आषाढ शुक्ल पूर्णिमाका दिन लाग्ने ग्रहणले राति १ : ४७ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए । ३ : १५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ : ४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।

उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने र  दुई राशिले ग्रहण हेर्न नहुने शास्त्रीय विश्वास छ । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ हुनुकासाथै दीक्षा लिन पनि उत्तम मानिन्छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । 

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहनुभएका गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । असार ३१ गते दिउँसो ४ः  ४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

आज श्रीकृष्ण जन्माष्टमी, यसरी भएको थियो भगवान कृष्णको जन्म

आज श्रीकृष्ण जन्माष्टमी, यसरी भएको थियो भगवान कृष्णको जन्म

काठमाडौं : भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आरा..

आजको राशिफल : भाद्र ६ गते, शुक्रबार

आजको राशिफल : भाद्र ६ गते, शुक्रबार

आज - ०६ भाद्र २०७६ शुक्रवार को राशिफल काठमाडौँमा सूर्योदय ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट..

सोलुखुम्बु केन्द्रबिन्दु बनाएर बिहानै भूकम्पको धक्का

सोलुखुम्बु केन्द्रबिन्दु बनाएर बिहानै भूकम्पको धक्का

सोलुखुम्बु : जिल्लामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । सोलुखुम्बुकाे गोली क्षेत्रलाई केन्द्रबि..

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवा : रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रसुवाको राम्चे-ग्राङ सडक खण्डमा पहिरो गएपछि रसुवा..

आजको राशिफल : भाद्र ५ गते, बिहिबार

आजको राशिफल : भाद्र ५ गते, बिहिबार

आज - ०५ भाद्र २०७६ बिहिबार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्न..

सहभोजमा सहभागी भएका कारण सामाजिक बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार

सहभोजमा सहभागी भएका कारण सामाजिक बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार

खोटाङ : जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश स..