एएफसी यू-२३ च्याम्पियनसिप छनोटको ड्र: नेपाल कठिन समूहमा



काठमाडौं : थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो ।

नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । उक्त छनोट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ । अघिल्लो संस्करणको छनोट चरणको खेलमा नेपाली यू–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो ।

छनोट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्