राति अबेरसम्म बैंक काउन्टर खुला राख्न सरकारकाे निर्देशन



काठमाण्डौ : सरकारले राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । ‍असार मसान्त अर्थात् मंगलबार राति राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर अबेरसम्म खुला राख्न निर्देशन दिइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

असारे विकासको लागि दैनिक ७/८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको अवस्थामा सरकारले मसान्तको दिन रातिसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ ।

त्यस्तै, राजश्व संकलन पनि लक्ष्य अनुसार नभएकोले राजश्व केही बढ्ने आसमा सरकारले रातिसम्म काउन्टर खुला राख्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्