प्रदेश ३ योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा



हेटौडा : प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजीनामा दिएका छन् । गएको असार २५ गते नै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष राजीनामा दिएको भए पनि दुवै जनाले यस विषयमा कुरा बाहिर नल्याउने सहमति भएको थियो ।

मंगलबार उपाध्यक्ष देवकोटाले आफूले राजिनामा दिएको जानकारी दिए । देवकोटाले व्यक्तिगत कारणले नै राजीनामा दिएको बताए । राजीनामा दिएको कुरालाई ५ दिनसम्म गोप्य राखेर समस्याको समाधान निकाल्ने तयारी गरिएपनि समस्या समाधान नभएपछि देवकोटाले राजीनामा दिएको बिषय बाहिर आएको बताइएको छ ।

उपाध्यक्ष देवकोटाले व्यक्तिगत कारण देखाएर राजीनामा दिए पनि बजेटका विषयमा धेरैखालका असन्तुष्टी भएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्