इन्डोनेसियामा ६.० म्याग्नीच्यूडको भूकम्प



एजेन्सी : इन्डोनेसियाको बालीमा मङ्गलवार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । भूकम्प गएपनि सुनामीको चेतावनी भने दिइएको छैन ।

इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको बताए । भूकम्पले नुसा डुआमा सामान्य क्षति पुर्‍याएको छ । बालीस्थित विपद् व्यवस्थापन निकायका सूचना प्रमुख न्योमान सञ्जयले भूकम्प आउनासाथ पर्यटकहरूमा भाग दौड मच्चिएको बताए ।

इन्डोनेसियामा बारम्बार भूकम्प आउने र बर्सेनि  जनधनको ठुलो क्षति हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्