चर्चित भारतीय गायक बादशाह काठमाडाैंमा किन ?



१४औं दरबारमार्ग स्ट्रिट फेस्टिभलमा गायन प्रस्तुत गर्न चर्चित भारतीय गायक बादशाह काठमाडाैं आइपुगेका छन् । टिभिएस मोटर्स इण्डिया र जगदम्बा नेपालको प्रायाेजनमा अायाेजित १४औं दरबारमार्ग स्ट्रिट फेस्टिभलमा बादशाहले लाइभ प्रस्तुति दिनेछन् ।

फेस्टिभलमा नेपालका चर्चित गायक योगेश्वर अमात्य, सुगम पोख्रेल लगायतकाे प्रस्तुति रहने छ । फेस्टिभल अाज मध्यान्ह १२ बजे देखी साँझ पाँच बजेसम्म चल्ने छ । कार्यक्रमबाट संकलित रकम दरबारमार्गको विकासका लागि खर्च गरिने जनाइएकाे छ । 

प्रतिक्रिया दिनुहोस्