जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु



चितवन : चितवनमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ७ मा जंगली हात्तीले आक्रमण स्थानीय ६२ वर्षका कान्छो दराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरबाट कामको लागि सौराहा जाने क्रममा बिहान बाघमारा सामुदायिक वनको चौर नजिक उनलाई हात्तीले आक्रमण गरेको हो। उनको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्