१० चर्चित नेपाली बाबु छोरी, जसले बनाएका छन् छुट्टै पहिचान (फाेटोफिचर) 



पूर्खाको वंश छोराले धान्छ भन्ने पुरानो धारणा छ । यहि धारणाको कारण पिताले आर्जन गरेका सिप सम्पती, स्वामित्व सबै कुरा छोरालाई सुम्पने गरिन्छ । धेरै पिताको चाहना हुन्छ, छोराले मेरो पदचाप पछ्याओस् । तर पितृ सत्ताले गाँजेको यो समाजमा केहि यस्ता लोभलाग्दा उदाहरुणहरु छन्, जहाँ पिताको बिरासत छोरीले थामेका छन् । छोरीले नै पिताको पदचाप पछ्याएका छन् । र कतिपयले आफ्नै छुट्टै क्षेत्रमा नेम र फेम पनि कमाएका छन् भने कतिले पिताको नेम र फेमलाई उछिनेर अझ माथिको स्थानसमेत बनाएका छन् । 

नेपालमा यस्ता धेरै उदाहरण छन् जो बाबुछोरी नै चर्चित छन् । साहित्यकार मन्जु श्री थापा पूर्व परराष्ट मन्त्री तथा राजदुत डा। भेषबहादुर छापाकी छोरी हुन् । रमा मल्ल होटल मल्लकी प्रबन्धक निर्देशन हुन् । उनका पिता श्री ३ पद्म शमशेर जबरा हुन् । पद्म शमशेर राणा शासनका आठौँ प्रधानमन्त्री हुन् । शिवानी सिँह थारु पूर्व मोडल तथा टिभि प्रस्तोता हुन् । साथै उनी सहित्यकार पनि हुन् । उनका बुबा फत्ते सिँह थारु पूर्वमन्त्री हुन् । नयाँ शक्ति पार्टिकी केन्द्रिय नेता हिसिला यामी र उनका पिता धर्मरत्न यामी पूर्वमन्त्री हुन् । यो तिनै पिता र पुत्रीको कथा हो जसले एउटै पेशामा मात्र नभएर फरक फरक पेशामा प्रतिष्ठा एवम् ख्याती कमाएका छन् । 

१) बसन्त चौधरी र मेघा चौधरी 

बसन्त चौधरी नेपालका उघोगपती हुन् । उनी नेपालको प्रतिष्ठित ब्रान्ड चौधरी ग्रुपको नेतृत्वकर्ता मध्ये एक हुन् । उघोगपतीको अलावा उनी साहित्यकारका रुपमा पनि परिचित छन् । बसन्त चौधरीको एक मात्र छोरी मेघा चौधरी नर्भिक हस्पिटलकी प्रबन्ध निर्देशक हुन् । उनी आफ्नो व्यवसायसँगै समाज सेवामा पनि लागेकी छिन् । भारतको पुनामा बाणिज्य शास्त्रमा अध्ययन गरेकी मेघालाई संयुक्त राज्य अमेरीकाको टेक्सास शहरमा अवस्थित अमेरीका चेम्बर अफ कमर्सको एक निकाय ब्लड फेडेरेसन अफ बिजनेसले नर्भिक हस्पिटललाई सम्मान प्रदान गरेको थियो । जसमा मेघा चौधरीलाई विशेष योगदान पु-याएको भन्दै उत्कृष्ट नेतृत्व सम्मानबाट सम्मानित गरिएको थियो । 

२) उदय सोताङ र श्रेया सोताङ

माया नमार है, मनको बाधालाई, तिमिबिना बाच्न गाह्रो भो, आदिबाटो हिँडेपछि जस्ता हिट गीत गाएका उदयको के्रज अहिलेपनि उस्तै छ । उदय सोताङ अहिले रेष्टुरेन्ट व्यवसायमा व्यस्त छन् ।सोताङले दरबार मार्ग स्थित मधुशाला गजल एण्ड बार संचालन गर्दै आएका छन् । उनकी छोरी श्रेया सोताङ पनि युवा पुस्ता माझ निकै लोकप्रिय छिन् । उनी नेपाली सांगेतिक क्षेत्रमा अहिले आफ्नै नाम बनाउन सफल भइसकेकी छिन् । उनले पहिलो एल्बम पोल्छ मुटु गीतको भिडियो निकालिन् । यहि गीतले उनलाई हिट्स एफएम, अन्नपूर्ण, इमेज लगायतको अवार्ड दिलायो । त्यसपछि उनको आत्मविश्वास अझ बढ्दै गयो । उनले थुप्रै चलचित्रमा पनि गीत गाएकी छिन् । 

३) प्रकाश गुरुङ र रिमा गुरुङ

प्रकाश गुरुङ गायक तथा संगितकार हुन् । उनले नेपाली सांगेतिक क्षेत्रमा दशकौँदेखि अनगिन्ती सिर्जना मार्फत योगदान पु-याएका छन् । विगत पाँच दशकदेखि नेपाली सांगेतिक क्षेत्रमा लागेको उनको सक्रियता आज पनि उत्तिकै छ । उनले तिन दशकदेखि संगित सिकाइरहेका छन् । उनले करिब ३० वटा नेपाली चलचित्रमा संगित दिइसकेका छन् । प्रकाश गुरुङकी छोरी रिमा पनि संगितमै सक्रिय छिन् । उनी गायिका पनि हुन् । रिमाले कबि ४०० गीतमा स्वर दिइसकेकी छिन् । हालसम्म उनले दुई दर्जन बढि कलेक्सन एल्बम र तीन दर्जन बढि चलचित्रमा स्वर दिइसकेकी छिन् । 

४) शिलाबहादुर मोक्तान र शितल/शिवानी मोक्तान 

शिलाबहादुर मोक्तान नेपाली सांगेतिक क्षेत्रमा परिचित नाम हो । उनी आधुनिक गीतका पारखीहरु माझ लोकप्रिय छन् । माथि माथि सैलुङ्गी गीतमा उनले संगित भरेका हुन् । संगितकार शिलाबहादुर मोक्तानका प्रिय छोरी शितल र शिवानी मोक्तान दुबैजना संगितमा लागेका छन् । उनीहरुले संगित क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् । उनीहरुले पहिलो एल्बमको रुपमा आफ्नै बाबुको संगितमा गीतमा गाएका थिए । उनीहरुकी आमा कुन्ती मोक्तान पनि चर्चित गायिका हुन् । 

५) प्रचण्ड र रेनु दाहाल

नेपाली राजनीतिका खम्बा नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष पुष्पकमल दाहाल । उनी २०६२र६३ को जनआन्दोलन पछि खुल्ला राजनीतीमा आएका हुन् । वि।स। २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका उनी गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री हुन् । प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन् । २०५१ सालमा पार्टिमा प्रवेश गरेकी रेणु २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसंगै भूमिगत भएकी थिइन् । पिता प्रचण्ड जनयुद्धमा होमिएपछि पितालाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेकी रेनु दाहाल राजनीतिक प्रेरणा आफ्नो बुबाबाट नै पाएको बताउँछिन् । 

६) बाबुराम भट्राई र मानुषी भट्राई 

नयाँ शक्ति पार्टि नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्राई २०२६ सालको एसएलसी मा बोर्ड फस्ट भएका थिए । बाबुरामकी छोरी मानुषी पनि राजनीतिमा सक्रिय छिन् । बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टिले मानुषीलाई काठमाडौं संयोजकको जिम्मेवारी दिएको थियो । त्योभन्दा अगि मानुषी माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीबाट त्रिभुवन विश्वविधालय क्याम्पसको अध्यक्ष थिइन् । बाबुराम र मानुषीको भावनात्मक भन्दा पनि बौद्धिक सम्बन्ध रहेको बताउँछिन् आमा हिसिला यामी । 

७) प्रकाश कोइराला र मनिषा कोइराला 

प्रकाश कोइराला नेपाली राजनीतिज्ञ तथा पूर्व मन्त्री हुन् । नेपाली काँग्रेस पार्टीमा आबद्ध उनी तत्कालीन ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा मन्त्री बनेपछि काँग्रेसको कारबाहिमा परे । त्यसपछि उनी राजनीतिमा सक्रिय छैनन् । उनी विश्वेश्वर प्रसाद कोइरालाका जेठा छोेरा हुन् । उनकै छोरी हुन् चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला । कुनै बेला बलिउडमा नम्बर १ अभिनेत्रीको रुपमा चर्चित मनिषाले बलिउडमा लामो समय एक छत्र राज गरिन् । बलिउडमा उनले आफ्नो नाम स्थापित गर्न धेरै सङ्घर्ष गरिन् । बिजनेस म्यानसंग विवाह गरेकी मनिषाको वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न सकेन् । उनी क्यान्सर पिडित पनि भइन् तर उनले क्यान्सरलाई पनि जित्न सफल भइन् । उनले क्यान्सर हुँदाको पिडा र दुखका कुराहरु पुस्तक मार्फत पनि प्रकाशन गरेकी छिन् ।

८) विरोध खतिवडा र श्रृंखला खतिवडा

Image result for shrinkhala and her father

मकवानपुर क्षेत्र नम्बर दुईका एमाले सांसद हुन् विरोध खतिवडा । २०३० सालमा अनेरास्वब्युबाट कम्युनिष्ट राजनीति सुरु गरेका खतिवडा मकवानपुरमा निकै चर्चित नेताको रुपमा परिचित छन् । मिस नेपाल २०१८ को उपाधि जितेपछि श्रृंखला खतिवडाको चर्चा एकाएक चुलिएको हो । चिनमा भएको सुन्दरी प्रतियोगितामा उत्कृष्ट १२ सम्म पुगेकी श्रृंखलाले ब्युटि विथ प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी थिइन् । वर्ष २०१८ मा श्रृंखला आफूमात्र चम्किनन् नेपाललाई पनि विश्वभर चिनाइन् । उनी पढाइमा पनि उत्तिकै अब्बल छिन् । पुल्चोक इन्जिनियरिङ कलेजबाट आर्किटक अध्यन गरेकी उनी कलेज टपरसमेत हुन् ।

९) बद्रि अधिकारी र केकी अधिकारी 

रङ्गमन्चबाट टेलिभिजन हुँदै रजतपटमा प्रवेश गरेका बद्रि अधिकारीको बेग्लै पहिचान छ । उनले ५० भन्दा बढि चलचित्र निर्देशन गरिसकेका छन् । उनको अभिनय पनि उत्तिकै शसक्त छ । उनले मुख्य भुमिका निर्वाह गरेको नाटक हेर्न दर्शकको निकै भिड लाग्थ्यो । उनले निर्देशन गरेको टेलिचलचित्र अबिरल बग्दछ इन्द्रावती,मौन आकाश, कोरश, सहयात्री लगायतका टेलिचलचित्र हिट छन् । उनकी छोरी केकी अधिकारी पनि अभिनयमा सक्रिय छिन् । उनले थुप्रै चलचित्र, म्युजिक भिडियो, टिभि विज्ञापनमा काम गरिसकेकी छिन् । कोहलपुर एक्सप्रेस केकीले निर्माण गरेको चलचित्र हो । उनले चलचित्र स्वरबाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् । उनले चलचित्र बितेका पलबाट नेफ्टा बेष्ट एक्ट्रेसको अर्वाड पनि पाइन् । 

१०) उद्धव पौडेल र निकिता पौडेल

वरिष्ठ चलचित्र निर्माता तथा गोपिकृष्ण हलका संचालक उद्धव पौडेल ओम हस्पिटलका अध्यक्षसमेत हुन् । चलचित्र निर्माण हुँदै राजनीति र समाजसेवामा लागेका उनी भोला रिजालले नेत्रृत्व छाडेपछि अध्यक्षमा चुनिएका हुन् । उनी राप्रपाका नेता पनि हुन् । उनले बितरक, निर्माता र निर्देशक भएर चलचित्र क्षेत्रमा लामो समयसम्म काम गरेका छन् । उनकी छोरी निकिता पौडेल गोपिकृष्ण मुभिज तथा गोपिकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष हुन् । उनले आफ्नो कार्यकालमा बक्स अफिस सिस्टम पनि लागू गरेकी थिइन् । उनी चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्षसमेत हुन् । उनले संचारकर्मी रबि लामिछानेसंग केहि समय अगाडि विवाह गरेकी हुन् । 

प्रतिक्रिया दिनुहोस्