अभिनेत्री वर्षा सिवाकोटीले गरिन् प्रेमी आशिषसँग गुपचुप विवाह



काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले प्रमि आशिषसँग विवाह गरेकी छन् । आफन्तहरु र अत्यन्त निकट साथीभाइलाई बोलाएर उनले शुक्रबार विवाह गरेकी हुन् ।

उनले अमेरिकामा बसोबास गर्ने आशिष नामका युवासँग विवाह गरेकी हुन् । वर्षा केही समयदेखि आशिषसँग प्रेममा थिइन् । उनीहरुको विवाह नागार्जुनमा रहेको एक रिसोेर्टबाट भएको हो ।

विवाहलाई गोप्य राख्ने प्रयास गरेकाले वर्षाका विवाहका तस्वीर बाहिर आएका छैनन् । यसअघि अर्की अभिनेत्री केकी अधिकारीले पनि गुपचुप विवाह गरेकी थिइन् । बिहीबार केकीले सामाजिक सन्जालमा विवाहका तस्वीर राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्