प्रदेश २ ले माग्यो सिडियो र एसपी सरुवा गर्ने अधिकार



काठमाडौं : प्रदेश २ ले जिल्ला प्रशासन कार्यालयहरुलाई प्रदेश सरकार मातहत ल्याउन र प्रमुख जिल्ला अधिकारीलाई सरुवाको अधिकार विस्तार गर्न संघीय सरकारसँग माग गरेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्र पठाई प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा कायम गर्नेसम्बन्धी कार्यकारी आदेशमा केही व्यवस्था थप्न आग्रह गरेका हुन् । 

उनले पत्रमा प्रजिअका साथै एसपीसम्मका प्रहरी कर्मचारीलाई काज र सरुवाको अधिकार दिनुपर्ने माग गरेका हुन्। यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस्