भागबण्डाले उत्साहित हुने स्थिति देखिएन : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जिल्लाको रिपोर्ट हेर्दा भागबण्डाले उत्साहित हुने स्थिति नदेखिएको बताएका छन्। नेकपा स्थापना दिवसका अवसरमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन गरेर देशभर सकारात्मक सन्देश दिएको भए पनि परिस्थिति त्यस्तो नभएको भन्दै निराशा व्यक्त गरेका हुन्।

‘हामीले महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धनमा सहमति गरेका छौं। यसले देशैभर एउटा राम्रो सन्देश दिएको थियो,’ अध्यक्ष नेपालले भने, ‘तर, विभिन्न जिल्लाको रिपोर्ट सुन्दा आशा लाग्दो र उत्साहित हुने स्थिति देखिएको छैन। हामीले भनेका थियौं। देशैभर हाम्रो सञ्जाल छ भनेर।’ उनले यसअघि गठबन्धनमा ज (जसले जितेका थिए त्यहाँ उनीहरुले नै नेतृत्व गर्ने भनिए पनि एमालेले जितेको ठाउँमा पहिलो हक हाम्रो हुने दाबी आफूहरुको रहे पनि त्यो नभएको बताए।

प्रतिक्रिया दिनुहोस्