थप १८ जनामा कोरोना पुष्टि, १७ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४७ जनाको नमूना परीक्षण गरेकोमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप १७ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा दुई सय ८३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ४८ हजार सात सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्