पैनीमा डुबेर १ बालिकाको मृत्यु, एक बेपत्ता



विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–२ मा पैनी (कुलो)मा डुबेर १ बालिकाको मृत्यु भएको छ। एक जना बेपत्ता भएकी छन्।

मंगलबार दिउँसो मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का राजिव तामाङकी ११ वर्षीया छोरी सृजना तामाङ र इलामको दानाबारी–९ का कृष्ण तामाङको ८ वर्षीया छोरी प्रिति तामाङ साइकलमा फुपुको घर जाँदा पैनीमा डुबेका थिए।

डुबेर प्रितीको घटनास्थलमै मृत्यु भएको र सृजना बेपत्ता भएको प्रहरीले जनाएको छ। सुनवर्सी–४ सुरतमा फुपुको घर हिँडेका उनीहरू फुपुको घर नजिकैको पैनीमा डुबेका थिए। प्रहरीले सृजना तामाङको खोजी कार्य भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्