चित्तलको छाला र मासुसहित १ जना पक्राउ



बर्दिया : बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट १ जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन्। एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको टोलीले थारूलाई पक्राउ गरेको प्रहरी निरीक्षक मदन ठाकुरले जानकारी दिए।

उनलाई आवश्यक कानूनी कारवाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाइएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्