आर्थिक वर्षको बजेट कार्यान्वयन आजदेखि सुरु



काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ को बजेट कार्यान्वयन आज (बुधबार) देखि सुरु भएको छ । 

सरकारले गत जेठ १५ गते १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बराबरको बजेट ल्याएको छ । पूर्वाधार विकास, ऊर्जा, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई प्राथमिकतामा राखि सरकारले आर्थिक वर्षको बजेट ल्याएको हो । 

प्रधानमन्त्री स्वारोजगार कार्यत्रम, कृषि आधुनिकिकरण परियोजना, वृद्ध भत्ता वृद्धि जस्ता सामाजिक सुरक्षाका महत्वकांक्षी कार्यक्रम सरकारले बजेटमा समावेश गरेको छ । 

त्यस्तै सरकारले यो आर्थिक वर्षलाई पूर्ण बजेट कार्यन्वयन वर्षको रुपमा समेत लिएको छ । ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य समेत बजेटले राखेको छ । बजेट कार्यन्वयन मार्फत यो वर्ष सरकारले ५ लाख जनालाई रोजगारीमा संलग्न गराउने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्