शेयर बजारमा हरियाली, अधिकांश कम्पनीको भाउ उकालो



काठमाडौं । शेयर बजार आइतबार उच्च अङ्कले बढेको छ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार परिसूचक नेप्से आज ९५ दशमलव ४६ अङ्कले बढेर दुई हजार चार सय २० दशमलव ९१ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेको दिन बीमा, जलविद्युत्, फाइनान्स, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३८ वटा कम्पनीका ६६ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्