अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो



काठमाडौं : बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६पैसा तोकेको थियो ।  आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३९ पैसा छ । हिजो पनि खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रीदर २९ रुपैयाँ ३२ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा रहेको थियो। आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ ०१ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८४ पैसा थियो ।  बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६७ पैसा र बिक्रीदर २६ रुपैयाँ ८१ पैसा छ ।

हिजो खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७६ पैसा थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा थियो । कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०५ पैसा छ ।

हिजो खरिददर ३५९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ३१ पैसा थियो । यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ९५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ५४ पैसा छ । हिजो खरिददर २९० रुपैयाँ ०९ पैसा र बिक्रीदर २९१ रुपैयाँ ६८ पैसा रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्