यसरी चिन्नुहोस् सच्चा र झुठा साथी !



जीवनभरमा हाम्रा धेरै साथीहरु बन्छन् तर साँचो साथीहरु एकदमै कममात्र हुन्छन् । तपाईलाई परेकाबेला जस्तोसुकै परिस्थितिमा पनि साथ दिन्छ भने त्या नै सच्चा साथी हो । यस्ता केहि कुरा छन् जसबाट तपाई असली र नक्कली साथी छुट्ट्याउन सक्नुहुन्छ ।

Image result for true friends hand

– असल साथीले तपाईलाई सधैँ प्रोत्साहन गर्छ । तपाईको हरेक कदममा उसले साथ दिन्छ ।

– प्रत्येक व्यक्तिमा कुनै न कुनै बेवकुफी हुन्छ । तर साँचो साथीले बेवकुफीका बावजुद तपाईलाई माया गर्छ, साथ दिन्छ ।

– कहिलेकाहीँ तपाई गलत काम गरेर फस्नुहुन्छ । यस्तो बेलामा तपाईका नक्कली साथीहरूले तपाईलाई डुबाइदिन्छन् । तर साँचो साथीले तपाईलाई अप्ठ्यारोबाट निकाल्छ र माफ पनि गरिदिन्छ ।

– तपाई गलत नै भएपनि सच्चा साथीले तपाईको साथ छोड्दैन ।

– नक्कली साथीले तपाईको नयाँ रुचिलाई मजाकमा उडाउँछ । तर साँचो साथीले तपाईंको रुचिमा समर्थन जनाउँछ ।

– तपाईको खराब बानी छ भने सच्चा साथीले त्यसलाई सुधार्न मद्दत गर्छ ।

– नक्कली साथीहरू तपाईसँग काम परेमा वा गफ लडाउनुपरेमा सम्पर्क गर्छन् । तर सच्चा साथीले तपाईसँग कुनै पनि बेलामा सम्पर्क गर्न सक्छन् किनकि उनीहरू तपाईको जिन्दगीमा के भइरहेको छ जान्न चाहन्छन् ।

– साँचो साथीले तपाईका रहस्यहरू लुकाएर राख्छन् । नक्कली साथीले चाहिँ तपाईका आन्द्राभुँडी खोतलिदिन्छन् । 

– सच्चा साथीले तपाई निराश र उदास हुनुहुँदा सहारा दिन्छन् । अप्ठ्यारो अवस्थामा नक्कली साथीले साथ छोडिदिन्छन् ।

प्रतिक्रिया दिनुहोस्