प्रदेश–२ को बजेट सर्वसम्मतले पारित



जनकपुरधाम : प्रदेश–२ को बजेट लामो प्रतिक्षा पश्चात मंगलाबार सर्वसम्मतबाट पारित भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७६–०७७ का लागि ल्याएको बजेट बाँडफाँडमा कुरा नमिल्दा असार ५ गतेदेखि नै प्रतिपक्षी दलसँग सहमतिको प्रयास हुँदै आएको थियो।

प्रदेशसभाको मंगलबार बसेको बैठकबाट गत असार ५ गते नै आर्थिक वर्ष २०७६–०७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट सर्वसम्मतले पारित भएको हो।

बजेट पारित नहुने अडानमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा र नेपाली काँग्रेससँगको लामो छलफलपछि बजेट सर्वसम्मतबाट पारित भएको हो। बजेट छलफलको क्रममा प्रदेशसभा सदस्यहरूले अबण्डा रकमको शिर्षक खोज्दै सदननै  अवरुद्ध गरेपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक असार मसान्तको अन्तिम दिन  अन्ततः पारित भएको हो।  

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी र नेकपामा सदस्य सिता गुरुङ्गले खर्च कटौतीको प्रस्ताव दर्ता गराए पनि सहमति पश्चात उनीहरूले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए।

यसअघि सरकारले प्रस्तुत गरेको विधेयक उपर प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्नको  मुख्यमन्त्री लालबाबु राउतसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्