हतारमा भिसिटिएस प्रणालीे शुभारम्भ :उद्योगी



काठमाडौं : सरकारले आवश्यक पूर्वाधारको विकास नगरी ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ शुभारम्भ गरेको भन्दै उद्योगी/व्यवसायीले असन्तुष्टि जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारले सामान्य जानकारी र पूर्वाधारको आवश्यक तयारी नगरी उद्योगी, व्यवसायमाथि नै अल्झन आउने गरी हतारमा भिसिटिएस प्रणालीे शुभारम्भ गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको सो सेवा शुभारम्भ कार्यक्रममा सहभागी भएका नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले स्थानीय ढुवानीकर्तालाई मारमा पार्ने गरी सो प्रणाली लागू गरिएको भन्दै असन्तुष्टि जनाए । उनले अर्थमन्त्री डा. युवराज खतिवडालाई सो सेवा तीन महिनासम्म परीक्षण कालको रूपमा सञ्चालन गर्न पनि माग गरे । 

 

प्रतिक्रिया दिनुहोस्