दीपावलीमा यस्तो देखियो विद्युत प्रधिकरणको मुख्य कार्यालय (फोटोफिचर)



काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आफ्नो मुख्य कार्यालयलाई झिलिमिली बनाएको छ । देश अब ऊर्जा सकंटको जोखिमबाट मुक्त भएको संकेत दिन मुख्यालयमा डिजिटल लाइटले सजाइएको हो ।

नागरिकलाई ढुक्क्सँग यस्ता बत्ती बाल्न प्रोत्साहित गर्दै प्राधिकरणको मुख्य कार्यालयमै डिजिटल लाइट लगाइएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले यो वर्ष हितारका समयमा ठूला उपकरण पनि नचलाउन भनेर सूचना निकालेको छैन । माग भएजत्ति विजुली दिन सकिने आत्मविश्वासका साथ प्राधिकरणले तयारी गरेको छ ।

यस्तो बत्ति प्राधिकरणमै  बलेको देखेपछि आम जनमानसमा यसले सकारात्मक ऊर्जा दिने विश्वास प्राधिकरणको छ ।

माथिल्लो तामाकोसी आगामी कात्तिकमा आउँदैछ । त्यसलगत्तै वर्षायाममा विजुली भारतमा इनर्जी बैंकिङ गर्नुपर्छ । वर्षायाममा बैंकिङ गरिने विजुली प्राधिकरणले हिउँदमा भारतबाट ल्याउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्