साउनको महिनामा घरमा यी बस्तु मध्य एक चिज अवश्य राख्नुस्



साउनको महिना बाबा भोलेनाथको महिना मानिन्छ । त्यसमा पनि सोमबारको दिन सर्वाधिक प्रिय मानिन्छ । यस महिनामा जताततै हरियाली छाएको हुन्छ । यस महिनामा कतिपयले बोलबमको यात्रा गर्छन्, । शिवजीको भक्ति,आरधना,मन्त्र जप आदि गर्नु विशेष शुभ मानिन्छ ।

ज्योतिषशास्त्र अनुसार साउन महिनामा कस्ता वस्तु घरभित्र राख्यौँ भने घरमा खराब उर्जाबाट जोगाउँछ र हाम्रो रक्षा र कल्याण गर्छ र जीवनको उन्नती र प्रगति हुन्छ यसबारे जानौँ :

यदि तपाइले विदेश यात्रा गर्न चाहनुहुन्छ, विदेश यात्रामा बाधा सिर्जना भएको छ, चाहेर पनि कतै तिर्थ यात्रा गर्न सक्नुभएको छैन्, मनमा बैचैन हुन्छ भने साउनको सोमबारको दिन पारेर चादिँको एउटा बाला (कडा) धारण गर्नु भयोभने यस्तो समस्या सुल्झाउन सहयोग हुन्छ । यसले तपाइलाई डिप्रेसनमा पर्नबाटसमेत जोगाउँछ । 

तपाइको बच्चाको स्वास्थ्य स्थिति कमजोर छ, घरमा पनि बिनाकारण तनावको वातावरण सिर्जना हुन्छ भने तपाईले साउनको महिनामा सोमबारको दिन पारेर एउटा चाँदिको अर्धचन्द्रमा बनाउनुस र सो चन्द्रमा आफ्नो बच्चाको गलामा धारण गराइदिनुभयो भने बच्चाको स्वास्थ्य स्थिति ठिक हुनुका साथै, बच्चालाई लाग्ने नजरदोष ठिक पार्न मदत पुग्छ । अर्धचन्द्रमा पुजा स्थानमा स्थापित गरेर राख्नुभयो भने घरमा हुने अनावश्यक तनावबाट जोगिन सहयोग पुग्छ । 

साउनको सोमबारको दिन आफ्नो घरमा जलहारी लिएर आउनुभयो र सोहि जलहारीद्वारा नियमित रुपमा शिवको अभिषेक गर्न सकेको खण्डमा तपाइको जीवनकालमा विशेष शुभफल प्रदान हुन्छ र दाम्पत्य जीवनलाई सुखद बनाउनसमेत सहयोग गर्छ । 

साउनको महिनामा आकाशबाट वर्षा भएको जलद्वारा बाबा भोलेनाथलाई अभिषेक गर्न सक्नुभयो भने तपाइको आर्थिक स्थितिलाई मजबुत बनाउन सहयोग गर्छ । 

साउनको सोमबारका दिन रुद्राक्षमाला खरिद गरेर ल्याएर घरको मुख्य ढोकामा टाँगिदिनुभयो भने घरभित्रको खराब शक्ति, उर्जा आदिको प्रवेश हुनबाट रोक्छ ।

यदि तपाइको पारिवारीक जीवन कमजोर छ, दाम्पत्य जीवनमा समस्या झेलिराख्नुभाएको छ, व्यापार-व्यवसायको क्षेत्रमासमेत हानी नोक्सानी झेल्नुपरेको छ भने साउनको सोमबारको दिन पारेर गौरी शंकर रुद्राक्ष किनेर लिएर आउनुस र सम्भव हुन्छ भने दुबैजना दम्पतीले धारण गर्नुस्, सम्भब हुँदैन भने उक्त रुूद्राक्ष पुजा स्थानमा राखेर नियमित पुजा गर्नुभयो भने दाम्पत्य जीवन बलवान बनाउन सहयोग गर्छ । र आथिक स्थितिलाई सम्बृद्ध र सुदृढ बनाउन मदत पुग्छ । 

यस्तै साउनको सोमबारको दिन चाँदिको त्रिशुल बनाएर घरको ढोकामा टास्नुभयो भने घरका साथै उक्त घरमा बस्ने व्यक्तिहरुको रक्षा हुन्छ । 

प्रतिक्रिया दिनुहोस्