सिद्धार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, अनुसन्धान सुरु



बुटवल : रूपन्देहीको सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ ।

तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म राखेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।

बुधबार साँझसम्म सहि सलामत अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले बताए । उनका अनुसार मूर्ति कसले र किन तोडेको हो भन्नेबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन् ।

Image may contain: outdoor

अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्