रैथाने गाईको गहुँत (पिसाब)को माग बढ्यो



चितवन : काठमाडौंकी जेनी कुँवर बुधबार बिहान देवघाटको बागेश्वरी आश्रममा भेटिइन् । त्यहाँ स्थानीय जातका सय भन्दा बढी गाई छन् । 

लक्ष्मी पूजाको दिन परेका कारण गाईको पूजा गर्नेको भीडभाड थियो । उनले गाई पूजा गरिन् र बागेश्वरीको प्रसादको खोजीमा जुटिन् । उनले खोजेको प्रसाद अरु केही नभएर स्थानीय जातको गाईको गहुँत (पिसाव) लाई प्रशोधन गरेर बनाइएको अर्क थियो । 

एक वर्ष यता खाँदै आएकी छु । काठमाडौंमा पनि पाइन्छ । चितवन आएका बेला आश्रमा नै आएर लैजान्छु कुँवरले भनिन् । अर्क खान थालेपछि ग्याष्ट्रिक लगायतका पेटका समस्या निको भएको उनले बताइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्