मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किदाँ एकको मृत्यु, १८ घाइते



विराटनगर : मोरङको पथरीमाशनिश्चरे १० मा बस र भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रु बस र विपरित दिशाबाट आएको मे १ त ५३९१ नम्बरको तरकारी बोकेको भ्यान आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । ३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइतेहरुको परिचय खुल्न सकेको छैन् । 

प्रतिक्रिया दिनुहोस्