जापानको एक स्टुडियोमा आगलागी, २३ जनाको मृत्यु (अपडेट)



काठमाडौं : जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। क्योतो सहरमा रहेको स्टुडियोमा भएको आगलागीमा ३६ जना घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।

 जापानी सञ्चार माध्यमहरुका अनुसार आगजनी भएकाे बेला स्टुडियाेभित्र झण्डै ७० जना थिए। अज्ञात व्यक्ति स्टुडियोमा प्रवेश गरी ज्वलनशील पदार्थ छरेर आगजनी गरेको बताइएको छ। घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्।

 

प्रतिक्रिया दिनुहोस्