मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किदाँ २ जनाको मृत्यु, २६ घाइते 



विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बस र पिकअप भ्यान ठोक्किएर भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्।

एक जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए। उनका अनुसार उपचारका लागि लग्दै गर्दा बसका सह–चालक कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टिकाराम थापाको बाटोमै  मृत्यु भएको हो।

अर्का मृतकको परिचय खुल्न सकेको छैन। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअप भ्यान ठोक्किएर दुर्घटना भएको हो। 

 

प्रतिक्रिया दिनुहोस्