कपिलवस्तुमा मध्यराति तास खेलिरहेका १९ जना पक्राउ



कपिलवस्तु: कपिलवस्तुमा मध्यराति तास खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तु-८, दोहनीस्थित चामल मिलमा तास खेलिरहेका बेला बुधबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 

साथै प्रहरीले उनीहरूका साथबाट १ लाख २१ हजार रुपैयाँ पनि बरामद गरेको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएकाे प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए।

 

जुवातास नियन्त्रण गर्न जिल्लाका विभिन्न स्थानमा प्रहरीले नियमित रात्रि गस्ती गरिरहेको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ। 

प्रतिक्रिया दिनुहोस्