शिक्षा निर्देशनालयमा छड्के जाँच, मन्त्री दुलालले लगाइदिए हाजिरी रजिस्टरमा रेजा



हेटौंडा : प्रदेश शिक्षा निर्देशनालयमा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले छड्के जाँच गरेका छन् । 

बिहीबार बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा अनुगमन तथा निरीक्षणका लागि पुग्दा त्यहाँ दुई जना कार्यालय सहयोगी मात्र भेटिएका थिए ।  

‘१०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन्’ मन्त्री दुलालले भने । 

अनुगमनका क्रममा अनुपस्थित रहेका नौ जना कर्मचारीको हाजिरी रजिस्टरमा उनले रेजा लगाएका थिए । मन्त्री दुलालले कर्मचारीलाई समयमा र नियमितरुपमा कार्यालयमा आउनका लागि निर्देशनसमेत दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्